आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने « Khabarhub

आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई नाम फिर्ता लिन चाहे आज बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिएको छ ।

उक्त अवधिमा कात्तिक २ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै, आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि आयोगले दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

स्थानीय तहमा रिक्त विभिन्न ४४ पदमा मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : ५३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा