बिजुलीका पोल र तार हटाएपछि सफा देखियो न्यूरोड क्षेत्र (तस्बिरहरू) | Khabarhub Khabarhub

बिजुलीका पोल र तार हटाएपछि सफा देखियो न्यूरोड क्षेत्र (तस्बिरहरू)


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असरल्ल तार र बिजुलीका पोल हटाएपछि काठमाडौंको न्यूरोड क्षेत्र सफा र चिटिक्क देखिएको छ ।

लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ क्षेत्र तार र बिजुलीको पोलरहित भएको हो ।

त्यसक्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक घटाएर फुटपाथ विस्तार गरेको थियो । तर फुटपाथको बीचमा रहेका बिजुलीका पोल हटाउन बाँकी थिए ।

ती बिजुलीका पोल र असरल्ल झुन्डिएका इन्टरनेटसहिका तार हटाएपछि न्यूरोड क्षेत्र सफा देखिएको हो ।

फुटपाथबाट बिजुलीका पोल पनि हटाएपछि सर्वसाधारणले हिँड्न पनि अब सहज भएको छ । अहिले उक्त क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तार सबै भूमिगत गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ३७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका