गोरखा पुगेर प्रचण्डले भने- माओवादी नेतृत्वमा ऐतिहासिक काम भए « Khabarhub

गोरखा पुगेर प्रचण्डले भने- माओवादी नेतृत्वमा ऐतिहासिक काम भए


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) गोरखाले सदरमुकाममा आज आयोजना गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताए।

अध्यक्ष दाहालले भने, ‘एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्‍यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।’

उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए।

अध्यक्ष दाहालले माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पुर्‍याउन हिचकिचाउन नहुने भन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गरे । 

तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको अध्यक्ष दाहालले स्पष्ट पारे।   

माओवादी आफ्नो वर्गसँग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष दाहालले अब फेरि जनतासँग जोडिएर देश, जनता र लोकतन्त्रकाविरुद्ध हुने सबैखाले षड्यन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : २८ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट