अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित « Khabarhub

अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मान गरिएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए नेपाल) को ३५ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो । इटनी लामो समयदेखि फौजदारी कानूनको अभ्यासरत छन ।

लामो समय कानून र न्यायको क्षेत्रमा लाग्नुभएका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयघातबाट निधन भएको थियो । उहाँको कानून र न्यायको क्षेत्रमा अतुलनीय लगाव रहेकाले उनका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उनको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् । 

५ लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष फौजदारी कानूनको क्षेत्रमा क्रियाशील १ जना अधिवक्तालाई डिएलएमार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ । बरिष्ठ अधिवक्ता गौतम नेपालको फौजदारी कानूनमा रुचि राखेर आफ्नो जीवन वकालत क्षेत्रमा समर्पण गरेको उनको नाममा यो पुरस्कार स्थापना गरिएको छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले बताए।

यो पुरस्कार प्रदान गर्न डिएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङ्गको संयोजकत्वमा समिति गठन गरिएको थियो । वरिष्ठ अधिवक्ता गौतमलाई समग्र न्याय क्षेत्र तथा कर्णाली क्षेत्रको न्याय र कानूनका पथप्रदर्शकको रूपमा लिने गरिन्छ । 

यस्तै कार्यक्रममा विस्डम ल एसोसिएट्स मध्यस्थ कानून पुरस्कारबाट बरिष्ठ अधिवक्ता शैलेन्द्र कुमार दाहाललाई प्रदान गरिएको छ । आफू अभ्यासरत रहेको सार्वजनिक खरिद र सो सम्बन्ध मध्यस्थता बिधिशास्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यले यो पुरस्कार सुरु गरिएको अधिवक्ता किरण पौडेलले बताए।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ५९ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक