स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ « Khabarhub

स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका छन् । अस्पतालले आयोजना गरेको कार्यक्रममा उनले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

उनले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन)मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिए ।

क्यान्सर भएका बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् र रोगको समयमै पहिचान गरी ज्यान बचाउन सकियोस् भन्ने उद्देश्यले उपचार सेवा निःशुल्क सुरु गरिएको उनले बताए ।

कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी निकायसम्मका सबै कर्मचारीले आफ्नो मासिक तलबको दुई प्रतिशत रकम बिमा कोषमा जानेगरी व्यवस्था गर्नसके आमनागरिकलाई बिमामार्फत निःशुल्क उपचार गर्न सकिने उनले बताए ।

मन्त्री पौडेलले भने, “मन्त्रालयले नक्कली बिमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बिमा ऐनमा संशोधन गरी नक्कली बिल पेस गरेर दाबी गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने र नक्कली बिमालाई स्वीकृत गर्ने डाक्टर र कर्मचारीलाई बर्खास्त गर्ने सम्मको व्यवस्था आवश्यक छ ।”

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उनले नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताए ।

उनले भक्तपुर नगरपालिकाको ख्वप अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग रु २२ करोड सोधभर्ना लिन बाँकी रहेको बताउँदै सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले अस्पतालले क्यान्सरका बालबालिकाका लागि सम्पूर्ण उपचार निःशुल्क गर्ने बताउदै अहिले एक सय ५० जना बालबालिका क्यान्सरको उपचार गराइरहेको बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेलगायतले बालबालिकामा क्यान्सरको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाको निःशुल्क उपचारमा कुनै कसर बाँकी नराख्ने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : ५० बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित