विश्व च्याम्पियनसिपका लागि ढुक्क भए तयारी थाल्नुस् : टङ्कलाल घिसिङ « Khabarhub

विश्व च्याम्पियनसिपका लागि ढुक्क भए तयारी थाल्नुस् : टङ्कलाल घिसिङ


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले तेस्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन् ।

सदस्य–सचिव घिसिङले आज त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् । “विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केही चिन्ता गर्नुपर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ,” सदस्य–सचिव घिसिङले भने ।

सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोवद्र्धनजस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्वकपको पुरस्कारका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराए ।

विजयले जापानको योकोहामामा गत अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्वकपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् ।

चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धीमध्ये पाँचौँ स्थानमा रहँदै विजय थाउलो विश्वकपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिनुभयो । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए । विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत र १३ औँ सागमा स्वर्ण जितेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १० : २५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य