जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का | Khabarhub Khabarhub

जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एसिया प्रशान्त क्षेत्रीयस्तरको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज समापन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो रहेको बताए।

“संयुक्त प्रयासबाट मात्र हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ, त्यसका लागि हामी सबैको हातेमालो जरुरी छ, दीगो विकासका लागि सबै एकजुट हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले विश्व समुदाय र सम्बन्धित संस्थाहरूसँग जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्नका लागि दिगो समाधानका उपाय र प्रविधि हस्तान्तरणलाई अघि बढाउन सहयोगका लागि आग्रह समेत गरे ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताए । उनले उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेको भन्दै जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक रहेको बताए ।

मन्त्री ठकुरीले नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीररूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदी द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उल्लेख गरे ।

तीनदिने सम्मेलनमा २३ देशका विज्ञहरूको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टीकृत विषयमा बहस र छलफल भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १० : ४५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस