आज २०८१ साल पुस ५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ५ गते शुक्रबारको राशिफल


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ५ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर २० तारिख। पौष कृष्ण पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ।

वृष : दिन सामान्य राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने निरास बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। राजनीतिमा समय नदिनु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

मिथुन : सम्पत्ति अर्कोको हातमा पर्ने जोखिम छ। तपाईंले गरेको कामको जस अरुले लिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साना कुरामा तर्क गर्नाले घाटा हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेमा फाइदा हुने योग छ।

सिंह : तपार्ईंंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। प्राविधिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। स्वादेशमा भन्दा विदेशतर्फको आकर्षणा बढ्नेछ। परिवारमा विवाद हुँदा तर्क नगर्नु राम्रो हुनेछ।

कन्या : आज सञ्चित धन खर्च हुने जोखिम रहेको छ। साथीभाइले कुरा काट्ने भएकाले सचेत बन्नुपर्ने समय छ। आज ठुलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ। काम गर्ने नै भए सहकार्य गरेर अगाडि बढ्नु फाइदाजनक हुनेछ। छिमेकमा भएका शुभकार्यले मन शान्त बन्नेछ।

तुला : इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। बौद्धिक क्षेत्रमा तपाईंले गरेको कामको टिप्पणी बढी नै हुनेछ। परिवारबाट भन्दा घर भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। सहकर्मीसँग सहकार्य गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। शनिदेवको पालो भएकाले सानो कुरामा ठुलो झन्झट आइपर्ने जोखिम देखिन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। चिसो मौसम भएकाले न्यानो लुगाको व्यापार गर्दा फाइदा हुनेछ। चिसोबाट बच्न सकेमा दीर्घकालीन रोगको असर कम हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। यो क्षेत्रको लगानीबाट फाइदा हुने योग छ।

मकर : दिन सामान्य छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ। शनिदेवको खुशीका लागि पिपलको दर्शन गर्न सकेमा मन शान्त हुनेछ।

कुम्भ : तपाईंका लागि आजको दिनमा शुभग्रहको बहुमत छ। लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा पाइला अगाडि नसार्नु राम्रो हुनेछ।

मीन : अनुत्पादक क्षेत्रमा खर्च बढ्ने जोखिम रहेको छ। चिसोबाट बढ्ने रोगबाट सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा समस्या हुने खतरा देखिन्छ। शिक्षामा गरेको प्रयासबाट ढिलासुस्ती हुनेछ। मेहनत गरेमा शिक्षामा फाइदा हुने योग छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ०६ बजे

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर