हिउँदमा पनि रोकिएन कर्णाली नदी कटान, बाढी पस्ने खतरा | Khabarhub Khabarhub

हिउँदमा पनि रोकिएन कर्णाली नदी कटान, बाढी पस्ने खतरा


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टीकापुर – बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् ।

कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र टीकापुर उद्यानको मन्दिर नजिक कटान हुँदा बाढी पस्ने खतरा बढ्दै गएको छ ।

यसैगरी मोहना नदीले खक्रौलामा कटान गरिरहेको छ । नदी कटान हुन थालेपछि स्थानीयले स्थानीय स्रोत साधन प्रयोग गरेर कटान नियन्त्रणमा लागेका छन् । साथै पथरैया नदीले डिबीपुर नजिक कटान गरिरहेको छ । टीकापुर उद्यान नजिक करिब पाँच सय मिटर, सत्ती कर्णाली वन नजिक पाँच सय मिटर, फाँटामा तीन सय मिटर, खक्रौलामा एक किलोमिटर र डिवीपुरमा सात सय मिटर नदी किनारा खतरामा रहेको पाइन्छ ।

यी स्थानमा हिउँदमै नदी नियन्त्रणको काम नभएमा बर्सातमा नदी पस्ने निश्चित छ । कटान भइरहेका कतिपय स्थानमा बोल्डर हालेर पनि केही हदसम्म कटान रोकिने स्थानीयको भनाइ छ ।

‘नदी कटानले सयौँ बिघा जग्गा बगरमा परिणत हुने अवस्था छ’, स्थानीय शेरबहादुर साउँदले भने, ‘पहिले बोल्डर हाल्दा पनि धेरै कटान रोक्न सक्ने अवस्था हुँदाहुँदै कुनै निकायले काम गरेन ।’

साउँदले वडा नम्बर ६, ७, ८ र ९ त्यसै पनि बाढी प्रभावित क्षेत्र भएकाले यहाँ हजारौँ बिघा जग्गा डुबानमा पर्दा पनि रोकथामका लागि काम नभएको गुनासो गरे।

‘तत्कालका लागि खक्रौलामा सात ठाउँमा बोल्डर र ठोकर हाल्ने, फाँटामा बोल्डर र बिडिपुरमा बोल्डर हालेको भए धेरै राहत हुने थियो’, स्थानीय समाजसेवी खडक धामीले भने, ‘मुख्यमन्त्री  कमलबहादुर शाह र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रणबहादुर रावललाई केही दिन पहिले कटान क्षेत्रमा बोलाएर समस्या देखायौँ,बिहीबार सङ्घीय सांसद ईश्वरीदेवी न्यौपानेलाई समस्या देखायौँ ।’

‘हामीले बोलाएका जनप्रतिनिधिले आश्वासन दिनुभएको छ हेरौँ’, समाजसेवी धामीले भने, ‘बास नै नरहने अवस्था हिउँदमा छ भने बर्सातमा कस्तो होला ?’

 बिहीबार मात्र सङ्घीय सांसद न्यौपानेले कटान क्षेत्रको अनुगमन गरेका हुन् । अनुगमन गर्ने क्रममा सांसद न्यौपानेले भयावह अवस्था रहेको बताउँदै सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले तत्काल गर्नुपर्ने काम काठमाडौँ जाने बित्तिकै पहल गर्ने बताए।

‘बोल्डर धेरै ठूलो लागत होइन, स्थानीय पालिकाले पहल गरेको भए पनि हुने थियो’, सांसद न्यौपानेले भने, ‘हिउँदमै कटान हुन्छ भने नागरिकमा त्रास हुनु स्वाभाविकै हो ।’

‘पहिलो चरणमा बोल्डर हाल्ने र क्रमशः तटबन्धनका लागि पहल गर्छु’, उनले भने, ‘यत्रो विकराल समस्या आफ्नो पालिकामा भए पनि स्थानीय जनप्रतिनिधिले चासो नदिँदा नागरिकको चिन्ता बढेको छ ।’

विकासका सवालमा सबै तिनै तहका जनप्रतिनिधि एक भएर लाग्नुपर्ने जनाउँदै उनले जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि हामी बसेर समस्या समाधान गर्न लाग्नुपर्छ भने।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ८ : ०९ बजे

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 

काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।

चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च

काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको

उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट

‘बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’ : नरबहादुर थापा

काठमाडौं – बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न

निर्यात बढाउन तीन वटै तहका कानुन सहयोगी हुनुपर्छ : मन्त्री पाण्डे

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको