एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै « Khabarhub

एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक खेल अगावै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको नेपाली यु-१९ टोलीले अन्तिम खेलमा अहिले ब्याटिङ गर्दैछ। काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेको नेपालले सुरुमा ब्याटिङ गरेको हो।

अन्तिम खेल अगाडि नै नेपालले तीन खेलको सिरिज २-० ले अग्रता लिएको छ। पहिलो खेलमा तीन विकेटले विजयी भएको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो।

दोस्रो खेलमा जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सबै विकेटको क्षतिमा ७१ रनमा समेटिएको थियो।

मुलपानी क्रिकेट मैदानमा अहिले जारी खेलको आठ ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा २७ रन बनाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ४८ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले