कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बनाइन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बनाइन्छ : प्रधानमन्त्री


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीले तीन ‘सिफ्ट’मा काम गरेर  निर्धारित समयमा नै रङ्गशालालाई सुविधा सम्पन्न बनाइने बताएका छन् ।

‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ,” प्रधानमन्त्री ओलीले सञ्जालमा लेखेका छन्, ‘आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ ।’

प्रधानमन्त्रीले क्रिकेट रङ्गशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरूसँग छलफल गरेको बताउँदै रङ्गशालालाई  विश्वस्तरकोबनाइने उल्लेख गरे । साथै उनले रङ्गशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गरेका छन् ।

‘नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले पनि बरु अलि समय दिएरै विश्वस्तको रङ्गशालाको राम्रो ‘डिजाइन’ गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनुभएको थियो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो ।’

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ३५ बजे

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली

विश्व व्यापार प्रणाली दुर्घटनाको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

जेनेभा – उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय

आइसल्यान्डमा पनि भेटियो लामखुट्टे

काठमाडौँ- आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै

नेवार समुदायले आफ्नै पूजा गरी मनाए म्हपूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले