उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन « Khabarhub

उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

काठमाडौंका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले आज पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, ‘काठमाडौँका कतिपय ठाउँमा पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएको छ, कतिपय ठाउँमा खानेपानीका पाइप फुटेर पनि पानी चुहावट भइरहेको जनगुनासो छ । पाइप फुटेर पानी खेर गइरहेकाले तत्काल समस्या समाधान गरी नागरिकलाई नियमित र स्वच्छ पानी वितरण गर्नुहोला ।’

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसा पिसाब तथा कीटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए ।

उनले मेलम्चीको पानीलाई शुद्धीकरण गरेर काठमाडौंका नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं उपत्यकामा पानी चुहावट भएको जनगुनासो आएपछि मन्त्री यादवले आजै काठमाडौँ उपत्यकाको ईन्द्रचोक, जनबहाल न्युरोड, अशनलगायत क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले पानी वितरणका लागि बिछ्याइएका पाइप लाइनको काम यथाशीघ्र सम्पन्न गरी नागरिकलाई शुद्ध पानी वितरण गर्न पनि निर्देशन दिएका थिए ।

काठमाडौं उपत्यकामा सहज रूपमा मेलम्चीको पानी वितरण गर्न अधिकांश स्थानमा खानेपानीका नयाँ पाइप बिछ्याउने काम भइरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ५४ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ