पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण  « Khabarhub

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । त्यहाँ यस वर्षमात्र पोलियोबाट संक्रमितको संख्या ६४ पुगेको छ ।

पछिल्लो समय सिन्ध प्रान्तको ज्याकोबावाद शहरमा एक बालकमा पोलियोको संक्रमण पुष्टि भएको छ । उक्त क्षेत्रमा पोलियोबाट यस वर्ष मात्रै ४ जना बालबालिकालाई पोलियो संक्रमण भइसकेको द न्युज पाकिस्तानले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पोलियो उन्मूलनका लागि क्षेत्रीय रिफरेन्स प्रयोगशालाका अनुसार यससँगै सिन्ध प्रान्तमा पोलियोबाट संक्रमण हुने बिरामीको संख्या १८ पुगेको छ ।

त्यसैगरी, सन् २०२४ मा बलोचिस्तान प्रान्तमा २६ जनामा यो रोगको संक्रमण देखा परेको छ । खैबर पख्तुनख्वा प्रान्तमा पनि सिन्धकै समान १८ जनामा पोलियो संक्रमण पुष्टि भएको छ । त्यस्तै, राजधानी इस्लामावाद र पञ्जाब प्रान्तमा समान एक जनामा यो रोग देखा परेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : १३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली