पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण  « Khabarhub

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । त्यहाँ यस वर्षमात्र पोलियोबाट संक्रमितको संख्या ६४ पुगेको छ ।

पछिल्लो समय सिन्ध प्रान्तको ज्याकोबावाद शहरमा एक बालकमा पोलियोको संक्रमण पुष्टि भएको छ । उक्त क्षेत्रमा पोलियोबाट यस वर्ष मात्रै ४ जना बालबालिकालाई पोलियो संक्रमण भइसकेको द न्युज पाकिस्तानले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पोलियो उन्मूलनका लागि क्षेत्रीय रिफरेन्स प्रयोगशालाका अनुसार यससँगै सिन्ध प्रान्तमा पोलियोबाट संक्रमण हुने बिरामीको संख्या १८ पुगेको छ ।

त्यसैगरी, सन् २०२४ मा बलोचिस्तान प्रान्तमा २६ जनामा यो रोगको संक्रमण देखा परेको छ । खैबर पख्तुनख्वा प्रान्तमा पनि सिन्धकै समान १८ जनामा पोलियो संक्रमण पुष्टि भएको छ । त्यस्तै, राजधानी इस्लामावाद र पञ्जाब प्रान्तमा समान एक जनामा यो रोग देखा परेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : १३ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै