जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी « Khabarhub

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पहिलो वन अनुसन्धान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वन अनुसन्धान केवल जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणका लागि मात्र नभई अर्थतन्त्र, जीविका र सामाजिक संरचनामा पनि महत्वपूर्ण रहेको धारणा राखे ।

मन्त्री शाहीले वन क्षेत्रले पु¥याएका पारिस्थितिकीय सेवाहरू अतुलनीय रहेका उल्लेख गर्दै वन अनुसन्धानकर्मीहरूले यस्ता क्षेत्रमा गरेका अनुसन्धानका काम सरारानीय रहेका बताए।

“वन अनुसन्धान र प्रशिक्षण केन्द्रको मुख्य उद्देश्य भनेको वन क्षेत्रको अनुसन्धान, वन्यजन्तु संरक्षण र जलवायु परिवर्तनसँग जुझ्ने उपायको अध्ययन गर्नु रहेको छ । यस केन्द्रले समसामयिक विषयमा अध्ययन र अनुसन्धान मात्र नगरी वन क्षेत्रको व्यवस्थापन, जलवायु परिवर्तन, जलाधार संरक्षण र जैविक विविधिताको क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ”, उनले भने, “नेपाल जलवायु परिवर्तनका असरको चपेटामा छ । हरित गृह ग्यास उत्सर्जनमा हाम्रो योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर हामीले बढी भोग्नुपरेको छ । यस क्षेत्रमा वन अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्न विशेष अनुरोध गर्दछु । वन अनुसन्धानका माध्यमबाट हामीले पाउने नयाँ सूचना र ज्ञानले प्राकृतिक संसाधनहरूको व्यवस्थापनमा सुधार ल्याउन सक्छ ।”

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण, जनसङ्ख्या वृद्धि र अव्यवस्थित विकास गतिविधिका कारण जलवायु परिवर्तन, वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक प्रभाव परिरहेकाले यसको सामनाका लागि सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताए ।

उनले वन अनुसन्धानका माध्यमबाट यी चुनौतीहरूको समाधान खोज्नु हाम्रो अनुसन्धानको प्रमुख उद्देश्य हुनुपर्ने बताए। “वन अनुसन्धानलाई प्रभावकारी बनाउन हामीले आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । अब ड्रोन टेक्नोलोजीको माध्यमबाट वनको नक्साङ्कन, भू–उपग्रहबाट प्राप्त डाटाको विश्लेषण र जैविक विविधताको अध्ययनका लागि आधुनिक प्रविधि अपनाउनुपर्दछ । यी प्रविधिहरूले अनुसन्धानलाई द्रूत, सहज र व्यावहारिक बनाउने छन्”, उनले भने, “वन अनुसन्धानका मुख्य क्षेत्रहरूमध्ये जैविक विविधताको संरक्षण, वन क्षेत्रको नवीकरणीय स्रोतहरूको उपयोग र वन पैदावारको दिगो व्यवस्थापन महत्वपूर्ण छन् । साथै, जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै वन क्षेत्रको अनुकूलन क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।”

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ४९ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ