रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन | Khabarhub Khabarhub

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन भएको छ ।

दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म २९ लाख रुपैयाँ सङ्कलन भएको हो ।

विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ ।

रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा. डा. कृष्णप्रसाद गौतमले जानकारी दिए ।

प्रा. डा. गौतमका अनुसार २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।

गौतमका अनुसार व्यास नगरपालिकाबाट पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट पाँच लाख, म्याग्दे गाउँपालिकाबाट पाँच लाख, भानु नगरपालिकाबाट चार लाख, भिमाद नगरपालिकाबाट दुई लाख, घिरिङ गाउँपालिकाबाट ५० हजार प्राप्त भइसकेको छ ।

शुक्लागण्डकी नगरपालिकाबाट तीन लाख, देवघाट गाउँपालिकाबाट दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा. डा. गौतमको भनाइ छ । उनले भने, ‘विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।’

सो बमोजिम रेडक्रस सोसाइटीले जिल्लाका सबै पालिकालाई आग्रह गरेबमोजिम नौवटा स्थानीय तहबाट सहयोग भएको प्रा. डा. गौतमले बताए । रक्तसञ्चार केन्द्र नियमितरूपमा सञ्चालन, रेखदेख तथा अनुगमनका लागि गौतमको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ ।

दमौली अस्पतालमा मिर्गौला डायलासिसका बिरामी, सुत्केरी महिला र अन्य घाइतेलाई रगतको माग हुँदा पूर्ति गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : १० बजे

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी– मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व संकलन

भद्रपुर– यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको