ओली र अध्यादेश : देउवाले ‘साथ दिन्नँ’ भनेपछि… « Khabarhub

ओली र अध्यादेश : देउवाले ‘साथ दिन्नँ’ भनेपछि…

मन्त्रिपरिषद्‌ बैठक नै स्थगित


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्नेगरी बोलाएका मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सोमबार अपराह्न सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको थियो ।

तर, आज बस्न नसकिने भनेर सूचना आएको मन्त्रीहरूले बताएका छन्‌ । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी नआएको जनाएको छ ।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार लामो समय कुराकानी गरेका थिए ।

साँझबाट बालुबाटारमा सुरु बैठक अबेर रातसम्म चलेको थियो । स्रोतका अनुसार, सो बैठकमा देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिइन्‌ ।

बैठकमा ओलीले अध्यादेश ल्याए कांग्रेस सभापति शेरबहादुर देउवाले सहयोग नगर्ने बताएका थिए । यसै मामिलामा देउवा र नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकबीच सोमबार दिउँसो कुराकानी भएको थियो ।

कांग्रेसका एक पदाधिकारीले खबरहबलाई भने, ‘सायद हाम्रो सभापतिले राजनीतिक दलसम्बन्धी अध्यादेशमा साथ नदिने बुझेर नै मन्त्रिपरिषद् बैठक स्थगित भएको हो कि ?’

यता एमालेका मन्त्रीहरू पनि मन्त्रीपरिषद् बैठक सर्नुको कारण थाहा नभएको बत्ताउँछन् । यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सो बैठकले सङ्क्रमणकालीन सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो ।

यो पनि –

‘उद्देश्य पूरा नभए काङ्ग्रेसले ओलीलाई काँध थाप्दैन’

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ४६ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित