पीएम कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने « Khabarhub

पीएम कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

जारी लिगमा नेपाल पुलिस अपराजित रहेको छ । अहिलेसम्म दुई खेल खेलेको पुलिस ४ अंक जोडेर चौथो स्थानमा रहेको छ । यस्तै, त्रिभुवन आर्मी तीन खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा तीन खेल खेलेको गण्डकी र ५ खेल खेलेको कोशी प्रदेश जित विहीन छन् ।

प्रतियोगितामा ३ खेलबाट ६ अंक जोडेर सुदूरपश्चिम शीर्षस्थानमा रहँदा ५ खेल खेलेको बागमती ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, ५ खेल नै खेलेको मधेश प्रदेश ६ अंकका साथ तेस्रो स्थानमा छ ।  

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ४७ बजे

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ