पीएम कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने « Khabarhub

पीएम कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

जारी लिगमा नेपाल पुलिस अपराजित रहेको छ । अहिलेसम्म दुई खेल खेलेको पुलिस ४ अंक जोडेर चौथो स्थानमा रहेको छ । यस्तै, त्रिभुवन आर्मी तीन खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा तीन खेल खेलेको गण्डकी र ५ खेल खेलेको कोशी प्रदेश जित विहीन छन् ।

प्रतियोगितामा ३ खेलबाट ६ अंक जोडेर सुदूरपश्चिम शीर्षस्थानमा रहँदा ५ खेल खेलेको बागमती ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, ५ खेल नै खेलेको मधेश प्रदेश ६ अंकका साथ तेस्रो स्थानमा छ ।  

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको