यू– १९ विश्वकप क्रिकेट : आज नेपाल र न्युजिल्याण्ड खेल्ने | Khabarhub Khabarhub

यू– १९ विश्वकप क्रिकेट : आज नेपाल र न्युजिल्याण्ड खेल्ने


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ ।  समूह ‘डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुनेछ । आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् ।

हिजो दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग र शुक्रबार तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ ।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समुहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन् ।  सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यसअघि भारतले सर्वाधिक ५ पटक उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक उपाधि जितेको छ । यसैगरी, पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक–एक पटक उपाधि जितेका छन् ।

यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटब सहभागिता जनाइसकेको छ । तर यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो । नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकप खेल्ने नेपाली टिम

यू–१९ विश्वकपमा नेपालका तर्फबाट देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्दले खेल्ने छन् ।

 

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : २९ बजे

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),