वर्तमान सरकार बहुआयामिक रुपमा असफल : प्रदीप ज्ञवाली « Khabarhub

वर्तमान सरकार बहुआयामिक रुपमा असफल : प्रदीप ज्ञवाली


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउँदै गएको आरोप लगाएका छन् ।

प्रेस चौतारी चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताए । 

उहाले अहिलेको सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भुमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए ।

ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जबाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सिधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

ज्ञवालीले भारतसँग हालै भएको सम्झौताले नेपाललाई दिर्घकालीन रुपमा असर पर्ने जिकिर गरे ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ५० बजे

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका