इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण | Khabarhub Khabarhub

इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बगदाद- इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

पश्चिमी इराकमा इरान समर्थित लडाकुले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ ।

अधिकांश क्षेप्यास्त्रहरू शिविरको हवाइ प्रतिरक्षा प्रणालीले रोकेको थियो तर ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’ लाई चोट लागेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीहरूलाई चोटपटक लागेको हुनसक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एक जना इराकी सैनिक घाइते भएका छन् ।”

गत अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौं आक्रमण भएका छन् ।

गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले अधिकांशको दाबी गरेको छ ।

उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ ।

ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको सङ्केत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निशाना बनाइएको थियो ।

गत अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला शनिबारको हवाई आक्रमण भएको हो ।

इरानको दमास्कसमा शनिबार भएको आक्रमणमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका पाँच सदस्यको पनि मृत्यु भएको थियो ।

गत सोमबार साँझ इरानले उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा ‘यहुदी शासन ९मोसाद० का गुप्तचरहरूले प्रयोग गरेको स्थललाई लक्षित गरी घातक आक्रमण गरेको थियो ।

वासिङ्टनले कैयौँ पटक आक्रमणहरू गरेको छ, जुन उसले थप वा जारी आक्रमणहरू रोक्नको लागि भएको बताएको छ ।

पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौं अमेरिकी सैनिक सामान्य घाइते भएका छन् ।

इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ४९ बजे

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो

एजेन्सी– उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार

एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति

कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले

राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिमा सदाचार नीति लागू गर्न