संसदका महासचिव नियुक्तिबारे राष्ट्रपतिलाई ‘स्मरण पत्र’ « Khabarhub

संसदका महासचिव नियुक्तिबारे राष्ट्रपतिलाई ‘स्मरण पत्र’


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदमा महासचिव नियुक्त गर्ने विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘स्मरण पत्र’ पठाएका छन् ।

लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले महासचिव नियुक्ति प्रक्रिया अघि नबढाएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले ‘स्मरण पत्र’ पठाएका हुन् ।

गत मसिंर २४ मा भरतराज गौतमले महासचिव पदबाट राजीनामा दिएपछि रिक्त पदमा अझै नियुक्ति गरिएको छैन ।

आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँगको छलफलका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसदको महासचिव नियुक्तिका विषयमा आफूले सिफारिस गरिसकेको बताएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ४९ बजे

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका