गुलसनले लिए न्युजिल्यान्डको लगातार दुई विकेट « Khabarhub

गुलसनले लिए न्युजिल्यान्डको लगातार दुई विकेट


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालका गुलसन झाले न्युजिल्यान्डका दुई ब्याट्सम्यानको विकेट लिएका छन् ।

आफ्नो ७ औं ओभर बलिङ लिएर आएका गुलसनले दोस्रो र तेस्रो बलमा न्युजिल्यान्डको विकेट लिएका हुन । गुलसनको बलिङमा आउट हुने क्रममा ल्याकल्याण्ड स्टाकपोल्ड र ज्याक कमिन शून्य रनमा आउट भए ।

यसअघि नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनलाई आकाश त्रिपाठीले ७५ रनमा आउट गरेका थिए ।

पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले सम्हाल्दै बलियो स्थितीमा पुर्याएका हुन ।

उत्कृष्ट ब्याटिङ गरिरहेका रेडी भने शतको मुखमा छन् । उनी ९७ रन बनाएर खेलिरहेका छन् । ताजा अवस्थामा न्युजिल्यान्ड ४४ ओभरमा ६ विकेट गुमाएर २४० रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ०४ बजे

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ