गुलसनले लिए न्युजिल्यान्डको लगातार दुई विकेट « Khabarhub

गुलसनले लिए न्युजिल्यान्डको लगातार दुई विकेट


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालका गुलसन झाले न्युजिल्यान्डका दुई ब्याट्सम्यानको विकेट लिएका छन् ।

आफ्नो ७ औं ओभर बलिङ लिएर आएका गुलसनले दोस्रो र तेस्रो बलमा न्युजिल्यान्डको विकेट लिएका हुन । गुलसनको बलिङमा आउट हुने क्रममा ल्याकल्याण्ड स्टाकपोल्ड र ज्याक कमिन शून्य रनमा आउट भए ।

यसअघि नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनलाई आकाश त्रिपाठीले ७५ रनमा आउट गरेका थिए ।

पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले सम्हाल्दै बलियो स्थितीमा पुर्याएका हुन ।

उत्कृष्ट ब्याटिङ गरिरहेका रेडी भने शतको मुखमा छन् । उनी ९७ रन बनाएर खेलिरहेका छन् । ताजा अवस्थामा न्युजिल्यान्ड ४४ ओभरमा ६ विकेट गुमाएर २४० रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको