विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट आठ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

सल्यानको त्रिबेणी गाउँपालिका-६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ सय ५० ग्रामसहित भारत गोसपुरपरी बस्ने २५ वर्षीय अकिल अहमद समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलोसहित भारत पश्चिम चम्पारन घर भएका ४० वर्षीय जगु साह समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-००६ ख ४८८४ नम्बरको माईक्रो बसलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-४ बस्ने २३ वर्षीय विजय विश्वास र झापा कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय भुपेन आचार्य रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ९९६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्रामसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ४२ वर्षीय रामआशिष मुखिया र  हनुमाननगर कंकालनी नगरपालिका-११ बस्ने ५२ वर्षीय रूद्रनराण यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले ना.७ ख १६०५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ३१ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल