दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार | Khabarhub Khabarhub

दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।

महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतबार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन् ।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गरेर कुँवर फरार भएका छन्। उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ४० बजे

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका