न्यूजील्याण्डविरुद्ध अर्जुन कुमालको अर्धशतक « Khabarhub

न्यूजील्याण्डविरुद्ध अर्जुन कुमालको अर्धशतक


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ७३ बलमा अर्धसतक पुरा गरेका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा ५ विकेटका क्षतिमा १२६ रन बनाएको छ ।

नेपाल गुल्शन झा, कप्तान देव खनालसहित पाँच ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।कप्तान खनाल ३६ रन बनाएर आउट भए भने गुलशन झा र आकाश त्रिपाठी २–२ रनमा आउट भए ।

यसअधि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

त्यसैगरी, नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ०९ बजे

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ