न्यूजिल्याण्डविरुद्ध संकटमा नेपाल, ९० रन बनाएर आउट भए अर्जुन कुमाल | Khabarhub Khabarhub

न्यूजिल्याण्डविरुद्ध संकटमा नेपाल, ९० रन बनाएर आउट भए अर्जुन कुमाल


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तरगत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालका ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएका छन् । एक सय चार बलको सामना गरेका अर्जुनले १२ चौकाको मदतमा ९० रन बनाएका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको खेल सकिँदा आठ विकेट गुमाएर एक सय ८३ रन बनाएको छ ।

नेपाल अर्जुन कुमाल, गुल्शन झा, कप्तान देव खनालसहित ८ ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।कप्तान खनाल ३६ रन बनाएर आउट भए भने गुलशन झा र आकाश त्रिपाठी २–२ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको थियो  ।न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

त्यसैगरी, नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०० बजे

अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ : रुस

काठमाडौं– रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्धलाई उक्साएको आरोप

कांग्रेस सभापति देउवालाई भेटे भारतीय राजदूत श्रीवास्तवले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा राजनीतिक

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क  

भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र गरिँदै

तेह्रथुम– सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित

१७ क्विन्टल गाँजासहित एकजना पक्राउ

सप्तरी– सप्तरीको राजगढ गाउँपालिका– ४ बाट १७ क्विन्टल ३६ केजी