आर्मीविरुद्ध पुलिस विजयी « Khabarhub

आर्मीविरुद्ध पुलिस विजयी


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – भैरहवामा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ३१ दशमलव चार ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि ओपनर सुनिल धमलाले ५२ रन बनाउनुभयो । यस्तै आरिफ शेखले १८ रन बनाए ।

पहिलो पारीमा आर्मीका लागि सोमपाल कामीले ६ ओभरमा तीन मेडेनसहित मात्र १२ रन खर्चिएका थिए। यस क्रममा उनले चार विकेट लिनुभयो । यसैगरी, साहब आलम र विवके यादवले समान दुई÷दुई विकेट लिए ।

एक सय ४१ रनको लक्ष्य लिएको आर्मीका लागि पनि सुरुआत राम्रो भएन । प्रारम्भिक तीनजना ब्याटर शून्य रनमै आउट भएपछि आर्मी दबाबमा परेको थियो । तर भीम सार्की र कुशल मल्लले उत्कृष्ट ब्याटिङले टोलीलाई बलियो स्थितिमा पुगेको थियो । भीमले ७६ बल खेल्दै ६ चौकाको सहयोगमा ५२ रन हान्दा कुशल मल्लले ४८ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३५ रन बताए ।

कुशल र भीमको जोडी टुटेपछि भने पुलिसलाई जित सहज बन्यो । आर्मीका लागि विनोद भण्डारी १९ रन बनाए भने अन्य ब्याटरले दोहोर अङ्क बनाउन सकेनन् । आर्मी ३३ ओभरमा अलआउट हुँदै एक सय २७ रनमा समेटियो ।

दुवै टोलीमा राष्ट्रिय खेलाडी धेरै रहेकाले आजको खेल हेर्न सिद्धार्थ क्रिकेट रङ्गशालामा दर्शकको घुइँचो लागेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ३१ बजे

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको