बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता « Khabarhub

बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा सुधा देवकोटाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको शाखा अस्पतालका निर्देशक डा भगवान कोइराला, हाम्रो अस्पतालका डा शङ्कर अधिकारी, नोवेल शिक्षण अस्पताल विराटनगरका राजेश नेपाल, विराट मेडिकल शिक्षण अस्पताल मोरङ बूढीगङ्गाका पदम बिनाडीसँग सम्झौता आदानप्रदान गरे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले अब प्रदेशका कुनै पनि बालबालिका रकमको अभावमा अकाल मृत्यु हुने अवस्था नआउने बताएका छन् । उनले बालबालिका मुलुकको भविष्यका कर्णधार भएकाले उनीहरुलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारले कुनै सम्झौता नगर्ने प्रण व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशले गरेको सम्झौताले अन्य प्रदेशमा सन्देश प्रभाव हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रका अस्पताल सरकारका अङ्ग भएको विचार राखे ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ५८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर