महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू) « Khabarhub

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)



काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको रथ तानेसँगै इन्द्रजात्रा समापन भएको छ । यो वर्षको इन्द्रजात्रा गत आइतबार (भदौ ३०) देखि मनाउन थालिएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन नानिचा यात्रामा महिलाहरूले रथ तानेका हुन्‌ । रथ तान्न काठमाडौं दरबार क्षेत्र वरपरका नेवारसहित दलका नेतृ र अन्य समुदायका महिलाहरू पनि सहभागी भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम्‌ प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ पनि रथ तान्न पुगेकी थिइन्‌ । दशक अघिसम्म भने नेवार समुदायका एकल महिलाहरूले मात्र नानिचा यात्रामा रथ तान्ने परम्परा थियो ।

आज दिउँसो महिलाहरूले रथ तानेपछि आजै राति इन्द्रध्वज ढालेर लिङ्गोलाई घिसार्दै टेकु दोभान पुर्‍याइनेछ । त्यो लिङ्गोलाई विष्णुमति र बागमतीको संगमस्थल टेकु दोभानमा सेलाइनेछ । त्यसपछि यो वर्षको इन्द्रजात्रा विधिवत्‌ समापन हुनेछ ।

उपत्यकाबासीसहित नेवार समुदायको बाक्लो बसोबास रहेको काभ्रे र दोलखालगात जिल्लामा वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाउने गरिन्छ । इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै नाचगान समेत गरिन्छ ।

यो पनि-

सुरु भयो इन्द्रजात्रा (१० तस्बिर)

इन्द्रजात्राको मुख्य दिन असोज १ गते राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गरेका थिए । सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३३ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई