मुख स्वास्थ्यका लागि हरेक ६ महिनामा दाँतको जाँच अनिवार्य | Khabarhub Khabarhub

मुख स्वास्थ्यका लागि हरेक ६ महिनामा दाँतको जाँच अनिवार्य


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरीरको मुख्य अंग भनेकै मुख हो। मुख भित्रका दाँत गिजा दुख्ने समस्या दाँतको उचित हेरचाह नगर्दा हुन्छ। गिजाको रोग पहिल्यै पत्ता लगाउन सकिँदैन तर केही समयपछि गिजा दुख्न थाल्छ, जसले गर्दा धेरै पीडा हुन्छ। त्यसैले गिजा सुन्निने कारण र उपचारको बारेमा जान्नु जरुरी छ। गिजाको रोग पहिलो चरणमा राम्रोसँग उपचार गरिएन भने, यसले गम्भीर रूप लिनसक्छ। गिजामा घाउ छ भने समयमै उपचार गर्नु आवश्यक रहेको चिकित्सक बताउँछन्। कम्तिमा पनि ६-६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिनु उचित मानिन्छ। गिजामा देखिने प्रमुख समस्या के के हुन् ? दाँत माझ्दा वा अन्य समय गिजाबाट रगत किन आउँछ ? दाँतको समयमै उपचार नगर्दा के कस्ता समस्या देखिन्छन् ? यसको उपचार विधि के छ भन्ने विषयमा दन्त रोग विशेषज्ञ डा. भुमेश काफ्लेसँग गरिएको कुराकानीः

गिजामा देखिने प्रमुख समस्या के के हुन् ?
गिजा पाक्ने, दाँत माझ्दा रगत आउने, गिजामा घाउ हुने जस्ता समस्या देखिन्छन्।

दाँत माझ्दा वा अन्य समय गिजाबाट रगत किन आउँछ ?
यसको मुख्य कारण गिजामा समस्या भएरै हो। मुख र दाँतको राम्रो ख्याल नगर्दा गिजामा समस्या हुने हो। कहिलेकाहीँ गर्भावस्थामा पनि हार्मोनमा परिवर्तन भएर गिजामा समस्या देखिन्छ। त्यस्तै रगत सम्बन्धी केही रोग भएमा गिजाबाट रगत आयो भनेर बुझ्नुपर्छ।

दाँत र गिजासँगै मुख स्वास्थ्यका लागि के कस्ता उपाय अपनाउन सकिन्छ ?
सबैभन्दा मुख्य कुरा खानपानमा ध्यान दिनु नै हो। नियमित रुपमा ब्रस गर्ने, कम्तिमा पनि ६–६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ। त्यस्तै कहिलेकाहीँ मुखमा घाउहरु आउने, मुख पोल्ने जस्ता समस्या आउँछन्। यो भनेको प्रि क्यान्सरको लक्षण हुनसक्छ। समयमै उपचार गरिएन भने पछि गएर मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ। त्यसैले समयमै उपचार गराइहाल्नुपर्छ।

दाँतको समयमै उपचार नगर्दा के कस्ता समस्या देखिन्छन् ?
मुख शरीरको मुख्य अंग हो। मुखमा समस्या भयो भने खानाकै माध्यमबाट शरीरका विभिन्न अंगमा फैलिने जोखिम हुन्छ। यसले घाँटीदेखि फोक्सोसम्म असर गर्छ। त्यसैले मुखमा देखिएको समस्याको समयमै उपचार गराउनु राम्रो हुन्छ।

दाँतमा समस्या देखिएपछि उपचार विधि के छ ?
दाँतको हेरचाह गर्ने भए कहिले दुख्छ र अस्पताल जान्छु भनेर हामीले प्रतीक्षा गर्नु हुँदैन। हरेक ६–६ महिनामा दाँत परीक्षण अनिवार्य रुपमा गर्नु राम्रो हुन्छ। तर, नेपालमा जब दाँत दुख्छ, अनि मात्र अस्पताल जाने चलन छ। दाँत दुखिसक्नु भनेको दाँतमा धेरै नै समस्या भइसक्नु हो। त्यसैले सकभर दाँत दुख्न दिनु नै हुँदैन। यदि त्यस्तो समस्या आइहाल्यो भने अस्पताल गएर सिमेण्ट भरेर दुखाइ अलि कम गर्न सकिन्छ। गाह्रो नै भएको छ भने त्यो दाँतबाट अन्य दाँतमा संक्रमण नहोस् भन्नका लागि दाँत निकाल्न सकिन्छ। सबैभन्दा राम्रो उपचार भनेको हरेक ६ महिनामा दाँतको चेकजाँच गर्नु नै हो।

डेण्टल क्लिनिकमा पुगेर दाँत सफा गर्दा कमजोर हुन्छ भनिन्छ के हो वास्तविकता ?
डेण्टल क्लिनिकमा गई दाँत सफा गर्दा हल्लिने र अझ बिग्रने हुन्छ भन्ने धेरैको बुझाई छ। त्यस्तो होइन कुनै उपकरणको सहायताले दाँतमा टाँसिएको फोहोर अर्थात दन्त लेउ र अन्य फोहोर सफा गर्ने हो। जसलाई स्केलिङ भनिन्छ। बरु दाँतमा फोहोर जम्मा भइरह्यो भने दाँतबाट रगत आउने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्या आउँछन्। त्यसैले, यो समस्या आउन नदिन ६ महिनामा नसके कम्तिमा पनि वर्षमा एकपटक अनिवार्य दाँत सफा गर्नु जरुरी छ।

कुन उमेर समूहले दाँत सफा गर्न सक्छन् ?
सफा गर्नलाई उमेरले फरक पार्दैन ६/७ वर्षको बच्चादेखि वृद्धसम्म सबैले सफा गराउन सक्छन्।

दाँत र गिजालाई स्वस्थ राख्न के कस्ता खानेकुरा खानु आवश्यक छ ?
फलफूल, हरियो सागसब्जी, माछामासु लगायत स्वास्थ्यकर खाना खानुपर्छ। गुलियो पदार्थ नखानु राम्रो हुन्छ। कार्बोहाइड्रेडयुक्त खानेकुरा खायो भने मुख राम्रोसँग सफा हुन्छ। दाँतलाई सफा राख्न सुपारी र सूर्ती खानु हुँदैन।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : ३४ बजे

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि