कुशलले लिए नामिबियाको तेस्रो विकेट « Khabarhub

कुशलले लिए नामिबियाको तेस्रो विकेट


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १२ ओभरमा आफ्नो ३ विकेट गुमाएको हो ।

तेस्रो विकेटको रुपमा नामिबियाका मिचेल भान ३१ रनमा आउट भए । कुशल मल्लको बलमा अगाडी बढेर सट हान्न खोजेका मिचेललाई विकेटकिपर आसिफ सेखले आउट गराए ।

पहिलो विकेटको रुपमा निकोलस डाभिनलाई रन आउट गराएको नेपालले दोस्रो विकेट जेपी कोड्जेलाई बोल्ट आउट गरायो । नेपालका कप्तान रोहीत पौडेलले जेपी लाई आउट गरे यसअघि दिपेन्द्रसिंह ऐरीले रन आउट गराएक थिए ।

यसअघि कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : २० बजे

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द