दोलखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम  | Khabarhub Khabarhub

दोलखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८१ को साउन देखि खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम सञ्चालन हुने भएको छ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना – दोस्रो अन्तर्गत वैतेश्वर गाउँपालिकाका ८ वटै वडा तथा मेलुङ गाउँपालिका-७ वडामा सो कार्यक्रम संचालन हुन लागेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई सिन्धुपाल्चोकले जनाएको छ।

८ वडामा विशेषगरी लक्षित वर्गलाई समावेश गरी कार्यक्रम भूकम्प र बाढीपीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित र महिलालाई सहभागिता गरिने आयोजनाका निर्देशक जगन्नाथ तिवारीले बताए ।

वैतेश्वर र मेलुङ पालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरक्रिया कार्यक्रममा निर्देशक तिवारीले पालिका भित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग जलवायु तथा पोषण मैत्री कृषि प्रविधिकणहरुको अनुसरण र प्रचार तथा सान कृषकहरूको क्षमता अभिवृद्धि उत्पादन तथा आयआर्जन र विविधीकरण प्रवर्द्धन गरी बजारमा पहुँच बनाउने साथै सुनौला हजार दिनका आमाहरू ६–२४ महिना सम्मका बच्चाहरूको पोषण स्थितिमा सुधार ल्याउने कार्यक्रम आउँदो साउन देखि ३ वर्ष सञ्चालन हुने निर्देशक तिवारीले बताए ।

 

अन्तरक्रिया कार्यक्रममा पालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कार्यक्रम संचालन भएपछि पालिका भित्रको भूकम्प र बाढी पीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित महिलाहरूलाई ठूलो मद्दत पुग्ने विश्वास लिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले  बताए ।

आयोजना क्लष्टर इकाईका वरिष्ठ कृषि अधिकृत राजेश कुमार केसीका अनुसार वैतेश्वर गाउँपालिका सबै वडामा प्राथमिकता क्षेत्रको छनोट गरी कार्यक्रम संचालन गरिने छ।

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत, ८ वटै वडाको वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्य, गाउँपालिका सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सुबास बस्नेत

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ३१ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको