युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट « Khabarhub

युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको पाइएको छ ।

बुधबार प्रकाशित एक अध्ययनमा युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को माग आगामी वर्ष उच्च हुने उल्लेख छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली मुलुकहरूले पाइपलाइनमार्फत वितरित रुसी प्राकृतिक ग्यासबाट ठूलो परिवर्तन ल्याए । यसमा उनीहरूले सीमति आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दा एलएनजीको मूल्य बढ्यो ।

सीमित सङ्ख्यामा आयात टर्मिनलहरूका साथ युरोपेली मुलुकहरू उपभोगलाई नियन्त्रण गर्नका लागि उपायहरू लिन बाध्य भए तर उनीहरूले आवासीय हिटिङ वा बिजुली उत्पादनमा कटौती नगरी सन् २०२२–२०२३ को जाडोमा यसबाट पार पाए ।

रुसी आक्रमण सुरु भएदेखि नै मुख्य रूपमा जर्मनी, इटाली र बेलायत सहित युरोपेली ग्यासको मागमा २० प्रतिशतले कमी आएको इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालाइसिसले बताएको छ ।

यसले ऊर्जा दक्षता तथा माग व्यवस्थापन उपायहरू, मागमा उच्च मूल्यको प्रभावका साथै हल्का जाडोको तापक्रममा गिरावटलाई कम गरिदियो ।

“युरोपले ऊर्जा सङ्कटलाई सफलतापूर्वक पार गरेको छ र ग्यासको उपयोगमा अङ्कुश लगाउन स्वयंलाई तयार गरेको छ, यसको श्रेय दक्षता उपायहरू र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई जान्छ”, आइइइएफएले भनेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ०० बजे

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,