दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  बुधबार दुईदिने निःशुल्क स्वस्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा नशा रोगबाट पीडित बिरामीहरूको विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिने अध्यक्ष सिंहले बताए । 

प्रदेशमै मुटुसम्बन्धी सफल इन्टरवेशन सर्जरी गर्दै आएका नेशनल मेडिकल कलेज वीरगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा। जितेन्द्र कुमार मिश्रा, डा अफरोज अन्सारी, तथा वरिष्ठ स्पाईन नशा रोग विशेषज्ञ डा सरफरोज अन्सारीसहितको टोलीले  दुर्गाभगवती स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविरमार्फत् स्वास्थ्य सेवा दिइरहेका छन् । 

शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै मुटु तथा छातीसम्बन्धी समस्या भएका बिरामीलाई ईसीजी, भिडियो एक्सरे, इको, सुगर जाँच, ब्लड प्रेसर लगायत जाँच भइरहेको छ।

बिरामीलाई आवश्यकताअनुसारको औषधिसमेत  निःशुल्क उपलब्ध गराइने अध्यक्ष शम्भु सिंहले जानकारी दिए । 

शिविर उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष शिला देवी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरू धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थ्य संयोजक दिनेश महतो लगायतको उपस्थित रहेको इन्जिनियर सुरज मिश्राले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : २४ बजे

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ