एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन « Khabarhub

एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफल जारी रहेको छ ।

बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्यहरू रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको थियो । 

समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आज अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैठकमा झुलाघाट– चिवाभञ्ज्याङ  ‘समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानका सकारात्मक प्रभावका विषयमासमेत समीक्षा हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ५० बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष