एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन « Khabarhub

एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफल जारी रहेको छ ।

बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्यहरू रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको थियो । 

समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आज अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैठकमा झुलाघाट– चिवाभञ्ज्याङ  ‘समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानका सकारात्मक प्रभावका विषयमासमेत समीक्षा हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ५० बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा