‘म्याकुरी’ को घरकलह छताछुल्ल, के हो विवादको चुरो ? « Khabarhub

‘म्याकुरी’ को घरकलह छताछुल्ल, के हो विवादको चुरो ?


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले अवैध सम्बन्ध राखेर एक युवतीलाई गर्भवती बनाएको दाबी गर्दै उनकी श्रीमती सुम्निमा खालिङ मिडियामा आएकी छिन् ।

ती युवतीले पवनसँगको सम्बन्धबाट आफू गर्भवती भएको स्वीकार गरेको भिडियो पनि सुम्निमाले विभिन्न मिडियाबाट सार्वजनिक गरेकी छिन् ।

विवाहको केही समयपछि अन्य केटीसँग पवनको सम्बन्ध रहेको थाहा पाएपछि आफूहरुको सम्बन्ध बिग्रिएको सुम्निमाको दाबी छ । श्रीमानबाट बिना कारण डिभोर्सको दबाब आएकाले विभिन्न समस्या झेल्नुपरेको उनी बताउँछिन् ।

बिनाकारण आफूलाई श्रीमानले लामो समय सुधार केन्द्रमा राखेको सुम्निमाको आरोप छ । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म एन्जाइटीको बिरामी थिएँ, उसको तनावले रक्सी खाँदा गाह्रो भयो । अनि मलाई सुधार केन्द्र लगेर राखियो । पवनले डिभोर्स दिने भए मात्रै सुधार केन्द्रबाट निकाल्छु भनेको थियो । ऊ भेट्न पनि आएन ।’

सुधार केन्द्रबाट भागेर आफू निस्किएपछि पवनको सम्बन्धको बारेमा थाहा पाएको उनको दाबी छ ।

यता पवनले भने श्रीमतीले लगाएको आरोप सबै झुटो भएको खण्डन गरेका छन् । सामाजिक सन्जालमा आफूलाई श्रीमतीका तर्फबाट आक्रमण भएको समेत उनको दाबी छ । उनले खबरहबसँग भने, ‘यो सबै कुरा जटिल बनेको छ । म निर्दोष छु । पत्रकार सम्मेलन गरेर सबै भन्छु । सत्य सार्वजनिक गर्छु ।’

पवन र सुम्निमा सन् २०२१ को अन्त्य तिर विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको अन्तरजातीय विवाह हो । सुम्निकाको माइती भारतको सिक्किम हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ०५ बजे

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०