समितिमा आवद्ध नहुन रास्वपाको निर्देशन « Khabarhub

समितिमा आवद्ध नहुन रास्वपाको निर्देशन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक सङ्घसंस्था र विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन मातहतका कमिटी र कार्यकर्तालाई निर्देशन दिएको छ ।

 रास्वपाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता समितिको नेतृत्व छनोटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ ।

विज्ञप्तिमा पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप गरेको वा गराइएको पाइए कारबाही गर्ने उल्लेख छ । 

उनले व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थक सामूहिकरूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न र नगराउनसमेत आग्रह गरेका छन् ।  

‘विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागबन्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो’, विज्ञप्तिमा उल्लेख छ, ‘जनहितका लागि गर्नुपर्ने काममा पनि भागबण्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधीनमा राख्ने प्रवृत्तिको हामी विरोध गर्दछौँ ।’

पार्टीले राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता नगर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ४३ बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा