पाकिस्तानी निर्वाचनमा अनियमितता भएकोबारे छानबिन गर्न राष्ट्रसंघीय महासचिव गुटरेजको आग्रह « Khabarhub

पाकिस्तानी निर्वाचनमा अनियमितता भएकोबारे छानबिन गर्न राष्ट्रसंघीय महासचिव गुटरेजको आग्रह


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा सम्पन्न निर्वाचनमा भएको भनिएको अनियमितताबारे वैधानिक हिसाबमा स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आग्रह गरेका छन् ।

राष्ट्रसंघीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेजका प्रवक्ता स्टेफान डुजारिचले निर्वाचनमा भएका विवादको शान्तिपूर्ण समाधान निकालिनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार उनले त्यहाँका राजनीतिक दलका नेताहरुलाई मुलुकमा शान्ति कायम गर्न आग्रह गर्दै कुनै पनि किसिमको हिंसा वा तनाव बढाउने गतिविधिमा संलग्न नहुन पनि आह्वान गरेका छन् ।

डुजारिचले पाकिस्तानमा विकसित घटनाक्रमबारे महासचिव गुटेरेजले चासोपूर्वक जानकारी लिइरहेको पनि स्पष्ट पारे । पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन सम्पन्न भएपनि नयाँ सरकार गठनबारे अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ०३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ