प्राणायाममार्फत चित्त एकाग्र बनाउने तरिका « Khabarhub

प्राणायाममार्फत चित्त एकाग्र बनाउने तरिका


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथ मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैँमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो ।’

डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपूर्ण छ भनेर बुझाउँछ । प्राणायाम रोग निवारणको एक औषधि नै हो भन्दा पनि फरक पर्दैन । दैनिक रुपमा गरिने प्राणायामले मानिसको ७२ हजार नसामा रक्तप्रवाह राम्रो गराउन मद्दत गर्छ । प्राणायामलाई बालबालिका, युवायुवती, वृद्धवृद्धा सबैले सहज रुपमा गर्न सक्छन् ।

यसरी शुरु गर्नुहोस् प्राणायाम
– छातीमा भरिएको श्वास नाकबाट बिस्तारै-बिस्तारै बाहिर निकाल्नुहोस् ।
– श्वास निकाल्न जति समय लगाउनु भयो त्यसको एक चौथाई समयसम्म रोक्नुहोस् ।
– पुनः बिस्तारै-बिस्तारै श्वास लिनुहोस् ।
– श्वास लिँदा पेटदेखि फोक्सोसम्म पूर्ण रूपले हावा भर्नुहोस् ।
– अब बिस्तारै जति बेरसम्म श्वासलाई बाहिर रोकिएको छ त्यति नै समय भित्र रोक्नुहोस् ।
– यो क्रम पहिलो दिन ७ पटक र त्यस पछिका दिनमा दुई पटक बढाउदै जानुहोस् ।
योगले केवल शरीर स्वस्थ बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि बढाउँछ ।

यसरी गर्नुहोस् चित्तको एकाग्रताका लागी प्राणायाम–
– शवासन–शिथिलासनमा सुत्नुहोस् ।
– अब शरीरलाई एकदमै लचिलो बनाउनुहोस् ।
– त्यसपछि कानमा रुवा लगाएर आँखा बन्द गर्नुहोस्, जसबाट बाहिरको शब्द नसुनियोस् ।
– त्यसपछि दृष्टि नाकको टुप्पोमा राख्नुहोस् ।
– साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्नुहोस् ।
– यही बीचमा केही समय कुम्भक पनि गर्नुहोस् ।
– पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखी भूँईको बिचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्नुहोस् ।
– अब केही निन्द्रा जस्तो आउन खोज्छ । यदि त्यसो भयो भने त्यसलाई नतोड्नु होला ।

यस अवस्थामा अनाहत’ नाद सुनिन थाल्छ र ज्योति स्वरूप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिनदिनै बढ्दै जान्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ७ : २० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै