काठमाडौं– तपाईँ भोटाहिटी हुँदै किनमेलका लागि असन छिर्ने सुरसारमा त हुनुहुन्न ? यदि यसो हो भने योजना फेरिहाल्नुस् । ढल र भूमिगत विद्युतीकरणका कारण अहिले काठमाडौं उपत्यकाका धेरै ठाउँ फुटपाथका लागि असुरक्षित बनेका छन् । डिल्लीबजार, घट्टेकुलोका विभिन्न क्षेत्र पनि यही कारण अस्तव्यस्त छन् ।
आगामी वर्षको बजेट सार्वजनिक हुन दुई महिना बाँकी हुँदा निर्माण तीव्र बन्ने पुरानो चलनले यस पटक पनि निरन्तरता पाएको छ । खनिएका सडक हिजोको वर्षापछि थप असुरक्षित बनेका छन् ।
हाम्रा सहकर्मी चिरायु शाक्यको लेन्समा कैद भएका केही तस्बिर यहाँ प्रस्तुत :
प्रतिक्रिया