वकिलको परीक्षामा ९४४ जना उत्तीर्ण (नतिजासहित) « Khabarhub

वकिलको परीक्षामा ९४४ जना उत्तीर्ण (नतिजासहित)


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९४४ जना उत्तीर्ण भएका छन् । परीक्षा लिएका मध्ये एकजनाले भने मौखिक परीक्षा उत्तीर्ण गरेनन् ।

बार काउन्सिलका अनुसार ९४४ जना उत्तीर्णमध्ये १० जनाले उत्कृष्ट अंक ल्याएका छन् । १० उत्कृष्टमा पर्नेहरूमा ओमप्रकाश घिमिरे, वीरेन्द्रबहादुर मडै, दीक्षा खाण, सागर पौड्याल रवि रिमाल, पूर्ण बोहोरा, प्रज्ञा ढकाल, अधिराज मल्ल, रोजिना श्रेष्ठ र निशा खनाल छन् ।

उत्कृष्ट १० मा परेका मध्ये पूर्ण बोहोरा कोशीका हुन् भने अरु सबै बागमतीका हुन् ।

बार काउन्सिलले लिएको दोस्रो चरणको परीक्षाको नतिजा भने आउन बाँकी छन् । दोस्रो चरणको लिखित परीक्षामा उत्तीर्ण भएका २२ जनाको मौखिक परीक्षा आगामी चैत १४ गते हुँदैछ ।    

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : ११ बजे

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त