ग्रामीण चलचित्र महोत्सव : निश्चल र स्वस्तिमा सर्वोत्कृष्ट निर्देशक-नायिका घोषित « Khabarhub

ग्रामीण चलचित्र महोत्सव : निश्चल र स्वस्तिमा सर्वोत्कृष्ट निर्देशक-नायिका घोषित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक र नायिका स्वस्तिमा खड्का सर्वोत्कृष्ट नायिका घोषित भएका छन् । रामेछापमा शनिबार सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा उनीहरूले चलचित्र ‘दिमाख खराब’बाट सो अवार्ड जितेका हुन् । 

सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले जितेका छन् । त्यस्तै, लक्ष्मण सुबेदीको निर्देशित ‘सतीदेवी’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । 

‘सतीदेवी’बाटै मलिका महतले बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईंको निर्देशनर अभिनेता मुकुन भुसालको अभिनय रहेको ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए।

यसैगरी सर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले अवार्ड जित्यो। 

सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा कार्यक्रम महोत्सव सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनका साथै पर्यटन र चलचित्र प्रवर्द्धनका विषयमा संवाद कार्यक्रम पनि भएको छ । 

रामेछापका स्थानीय जनप्रतिनिधि र स्थानीयको उच्च सहकार्यका सफल रुपमा कार्यक्रम सफल भएकाले आयोजक उनीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । 

महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुण्डेबेसीमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : २५ बजे

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका