एमाले प्रतिनिधि परिषद् बैठकमा नेताहरूको चहलपहल (तस्बिरहरू) « Khabarhub

एमाले प्रतिनिधि परिषद् बैठकमा नेताहरूको चहलपहल (तस्बिरहरू)


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक चलिरहेको छ  । 

शनिबारबाट सुरु भएको बैठक आज सकिने पार्टी उपाध्यक्ष ईश्वर  पोखरेलको भनाइ छ । बैठकमा देशभरबाट २४ सय जना राष्ट्रिय महाधिवेशन प्रतिनिधिको उपस्थित थिए । 

एमालेमा महाधिवेशन पछिको दोस्रो ठुलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ । एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै  साङ्गठनिक प्रतिवेदन महासचिव शंकर  पोखरेलकोले प्रस्तुत गरेका थिए । 

यस्तै, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत भएको थियो । सबै प्रतिवेदन ६  ग्रुपमा विभाजन गरी ३६ उपसमूह बनाएर छलफल गरेको थियो । 

छलफल बाट आएको निष्कर्ष समेटेर प्रतिवेदन पास गरिएको एमालेको भनाइ छ । शनिबारको बैठकमा ओली उपस्थित भएपनि आइतबार बिरामी भएर घरमै आराम गरिरहेका छन् । 

ओली अनुपस्थित भएपछि उपाध्यक्ष ईश्वर पोख्रेलले बैठकको अध्यक्षता गरेका थिए । अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने समस्या भएको छ ।

प्रतिनिधि परिषद् बैठकमा सुगर, प्रेसर तथा दाँतको पनि निःशुल्क परीक्षण भएको थियो । चस्मा १ हजार भन्दा बढीले स्वास्थ्य परीक्षण गरेको संयोजक डा। झलक सुवेदीले बताए । यस्तै, ५० जनाले दातको पनि परीक्षण गरेका छन् ।

 

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : १९ बजे

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र