बैंगलुरुविरुद्ध कोलकोताको एक रनको रोमाञ्चक जित | Khabarhub Khabarhub

बैंगलुरुविरुद्ध कोलकोताको एक रनको रोमाञ्चक जित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोताले बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।

कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो ।

यस अघि पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यो कोलकोताको यस सिजनमा पाँचौं जित हो । ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी बैंगलुरुको भने यो सातौं हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : ४४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने