संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल « Khabarhub

संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदमा भइरहेकका गतिविधि राजनीतिक हिसावमा सुखद नरहेको बताएका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको गतिरोध संवाद र समझदारीका साथ समाधान गर्नुपर्ने बताए ।

उनले संसदमा भइरहेको गतिविधी देश र राजनितिका लागि फाइदाजनक नरहेको समेत बताए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपि शर्मा ओलीतर्फ संकेत गर्दै केही नेताले जथाभावी बोलेकै कारण देश आज यो अवस्थामा आइपुगेको बताए । उनले आफूले बोलेर नभइ काम गरेर जाने सोच बनाएको स्पष्ट पारे ।

उनले देशमा भइरहेको राजतिनिक दलको फुट गलत रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको सहकार्य जारी रहने बताए ।

मधेश प्रदेशमा एमाले र माओवादीलाई नसघाए एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा रहेको प्रदेश सरकार ढल्ने जोखिम छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएको एमाले र माओवादी सरकारमा गएका छैनन् ।

अध्यक्ष नेपालले संघीय सरकारमा फरक दल र मधेश प्रदेशमा फरक दलको सरकार रहेकाले अब परिस्थितिअनुसार अघि बढ्ने बताए ।

उनले आफूहरु संघीय सरकारमा र मधेश प्रदेश सरकारमा समेत सहभागी रहेकाले नयाँ कोर्ष अनुसार अघि बढ्ने बताएका हुन् ।

संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतदिएको बताउँदै अध्यक्ष नेपालले मधेश प्रदेश सरकारको नेतृत्वमा जसपा नेपाल रहे पनि आफूहरुमाथि ‘मोरल’ प्रश्न उठेको बताए ।

उनले मधेश प्रदेश सरकारको सवालमा आफूहरुमाथि नैतिकताको प्रश्न खडा भएको स्पष्ट पार्दै केन्द्रमा नेकपा माओवादी केन्द नेतृत्वको सरकार रहेको बेला जसपा नेपाल नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई समर्थन गरेमा नैतिकताको प्रश्न उठ्ने भएकाले नयाँ ढंगले अघि बढ्न खोजेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरिसके पछि मधेश प्रदेशको सरकारमा पनि उथलपुथल हुने भएकाले अब के गर्ने भन्ने बारेमा छलफल गर्ने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ११ : ५५ बजे

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी