संसद्‍‍मा उठ्यो सिरोहियालाई पक्राउ पुर्जीको कुरा « Khabarhub

संसद्‍‍मा उठ्यो सिरोहियालाई पक्राउ पुर्जीको कुरा


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोबारे कुरा उठेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सह-महामन्त्री तथा सांसद बद्री पाण्डेले सिरोहियाविरुद्धको पक्राउ पुर्जीबारे कुरा उठाएका हुन् ।

उनले राज्यका हरेक नागरिकलाई कानुनी दायरामा ल्याउन पाइने भए पनि आग्रह-पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न नपाइने बताए ।

‘कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन पर्छ । तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहन चाँहदैनौँ,’ पाण्डेले भने ।

सिरोहियाविरुद्ध मंगलबार मात्रै धनुषा जिल्ला अदालतले दोहोरो नागरिकता प्रकरणमा पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ । 1

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : १६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा