सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद « Khabarhub

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई भेट्न थापाथलीस्थित कार्यालयमा पुगेका छन् ।

दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि कांग्रेसका झण्डै दुई दर्जन नेताहरू थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा पुगेर सिरोहियासँग संवाद गरेका का हुन् ।

सिरोहियालाई भेटेर फर्किएका कांग्रेस नेता रामहरि खतिवडाले आफूसहित करिब २० जना सांसदहरू त्यहाँ पुगेको पुष्टि गरे ।

उनले पूर्व परराष्ट्रमन्त्री एनपी साउदसँगै सांसदहरू दीपक गिरी, वीरबहादुर बलायर, प्रतिमा गौतम, रामनाथ अधिकारी, राजु थापा, चन्दा चौधरी र राजेन्द्र बजगाईँलगायत नेताहरू सिरोहियालाई साथ दिन पुगेको पनि बताए ।

‘कान्तिपुरले लगातार सहकारी ठगीबारे समाचार प्रकाशित गर्दै आएको थियो । एकाएक कान्तिपुरका अध्यक्षलाई पक्राउ पुर्जी जारी भएको समाचार मिडियामा आयो,’ खतिवडाले खबरहबसँग भने, ‘के रहेछ भनेर बुझ्न गएका हौँ । यदि सरकारको कदम प्रतिशोधपूर्ण हो भने हाम्रो आपत्ति छ भनेका छौँ ।’

जवाफमा सिरिहियाले कानुनी रुपमा आफू गलत भए कारबाही भोग्न तयार रहेको बताएका थिए । तर सहकारी प्रकरणमा निरन्तर समाचार लेखिरहेपछि सरकारले प्रतिशोध साँध्न पक्राउ पुर्जी जारी गरेको सिरोहियाले बताएको खतिवडाले जानकारी दिए ।

उता सिरोहियाले मंगलबार नै विज्ञप्ति निकालेर जिम्मेवार नागरिकका रुपमा कानुनअनुसार हुने अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि सिरोहियाले विज्ञप्ति जारी गरेर उनले कानुनअनुसार हुने अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका हुन् ।

सिरोहियाले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि उल्लेख गरेका छन् ।

‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु,’ सिरोहियाले भनेका छन्, ‘तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : २९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर