सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे | Khabarhub Khabarhub

सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा व्यापक केरमेट गरेका छन्‌ । उनले सम्पत्तिको विवरणदेखि स्रोतसम्म केरमेट गरेका हुन्‌ ।

सम्पत्ति विवरण फारमको बूँदा नं. २ (चल सम्पत्तिको विवरण) तालिकामा उप्रेतीले ३५ किलो सुन लेखेर, त्यसलाई काटेर पुन: २५ तोला उल्लेख गरेका छन्‌ । उक्त सुन प्राप्तिको स्रोत पुर्ख्यौली भएको उप्रेतीको दाबी छ ।

प्राप्ति मितिमा दाइजो लेखेर, त्यसलाई काटेर प्राप्तिको स्रोतमा पुर्ख्यौली लेखेका उप्रेतीले बैंक/वित्तीय संस्थामा आफ्नो कुनै खाता नरहेको दाबी गरेका छन्‌ ।

रक्षामन्त्री उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे ३५ कठ्ठा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्‌ ।

उप्रेतीले २५ तोला सुन र श्रीमतीको नाममा १६ लाख मूल्य पर्ने गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्‌ । त्यही सुनको विवरणमा केरमेट गरिएको हो ।

अचल सम्पत्तिको विवरणमा पनि मन्त्री उप्रेतीले निकै केरमेट गरेका छन्‌ । विवरणको १ (क) मा उप्रेतीले आफूसँग ३ वटा घरको विवरण भरेर पछि दुईवटा विवरण केरेका छन्‌ । बरहथवा-४  मा २५ कट्ठा र २० कट्ठा जमिन रहेको विवरण उनले केरेका हुन्‌ ।

 

रक्षामन्त्री उप्रेतीको सम्पत्ति विवरण:

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ५५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका