खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी  « Khabarhub

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार धनकुटा पाख्रिबासमा उनको अंशबाट प्राप्त ६७ रोपनी भन्दा बढी जग्गा रहेको छ । त्यस्तै राईसँग पैतृक सम्पत्तिबाट प्राप्त १० तोला सुन र १०० तोला चाँदी रहेको छ ।

राईको एभरेष्ट बैंकमा खाता भएपनि पैसा भने नभएको उनले विवरणमा उल्लेख गरेका छन् । उनले विवरणमा आफू ऋणी भएको देखाएका छन् ।

उनले आफूले ०७९ भदौमा रामबहादुर राईबाट २० लाख र राष्ट्रिय वाणिज्य बैंकबाट ३५ लाख ऋण लिएको उल्लेख गरेका छन् ।

सवारी साधनको रुपमा श्रीमती मञ्जुमानवी पौडेलको नामा एउटा स्कुटर र बुहारी युनिता राईको नामा एउटा स्कुटर रहेको मन्त्री राईले उल्लेख गरेका छन् ।

साथै उनले सम्पत्तिको रुपमा ७ वटा गाई र ६३ वटा बाख्रा रहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ४० बजे

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।